हेटौंडामा नेपाल अटो तथा विद्युतीय यातायातको चौथो वार्षिक साधारण सभा सुरु
हेटौंडा । नेपाल अटो तथा विद्युतीय यातायात मकवानपुरको चौथो वार्षिक साधारण सभा हेटौंडामा सुरु भएको छ । आज हेटौंडामा आयोजित साधारण सभाको उद्घाटन बागमती प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर चेपाङले गरेका हुन् ।
साधारण सभामा बोल्दै नेपाल अटो तथा विद्युतीय यातायाता मकवानपुरका अध्यक्ष भीम गौतमले जिल्लामा ९ वर्षदेखि अटो तथा विद्युतीय यातायाता व्यवसायीहरुले आफ्नो मुख्य पेशानै बनाएर जिविकोपार्जन गर्दै आईरहेको बताए । उनले जिल्लामा हाल अटो तथा विद्युतिय यातायातको तथ्याङ्क नभएपनि आफुहरुको संघमा ६४१ आबद्ध भएको बताउँदै सरकारले बिमा नीतिमा सुधार नगर्दा स्वरोजगार व्यवसायी चालकहरुलाई समस्या रहेको बताए ।
उनले आफुहरुले कोभिड १९ कोरोना संक्रमणको उच्च जोखिममा संक्रमित बिरामीहरुलाई ओसार पसार गर्नको लागि हेटौंडा उपमहानरपालिका भित्र ३६ वटा अटो संचालन गरेर महत्वपूर्ण काम गरेको समेत बताए । उनले आपत विपद्मा अटो व्यवसायी संघ सधै अग्रसर भएर काम गर्न प्रतिबद्धता रहेको जनाए । उनले हेटौंडामा साघुरो सडक र व्यवस्थित पार्किङ नहुँदा सवारी जाम,दैनिक दुर्घटना हुने गरेको बताए । उनले आजै नेपाल अटो तथा विद्युतीय यातायात मकवानपुरको नयाँ कार्यसमिति पनि बन्ने बताए ।
कार्यक्रममा विभिन्न यातायात व्यवसायीहरुको छाता संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उनिहरुले सरकारले समयमा सडक विस्तार र स्तन्राउन्नति नगर्दा सवारी जाम,अव्यवस्थित पार्किङ,दुर्घटना लगाएतको समस्याहरु उत्पन्न भएको बताए । उनिहरुले सरकारले वर्षौदेखि कर मात्र लिने गरेको तर सडकको समस्या भने उस्तै रहेको बताएका थिए । उनिहरुले यातायात सिन्डिकेट तोड्न र कर मिनाहा लगाएतको विषयमा ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर चेपाङले संघले यातायात व्यवसायीको समस्या सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले देशको तीन सरकार मध्ये स्थानीय तहलाई सबैभन्दा धेरै अधिकारी रहेको बताउँदै स्थानीय तहसंग पनि समनन्य गरेर अघि बढ्नुपर्ने बताए । उनले यातायाती व्यवसायीहरुलाई एक भएर आफ्नो माग सहित मन्त्रालयमा आउन अनुरोध गरे । उनले यातायात व्यवसायीहरुलाई सहज हुनेगरि नियमसम्मत कानून संसोधन गर्न प्रकियामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेश सरकार बनेसंगै विकासका कामहरु भईरहेको समेत बताएका थिए । उनले आउने प्रदेशको बजेटमा यातायात व्यवसायीहरुलाई सहज हुनेगरि अर्थ नीति ल्याउन पहल गरिने बताए ।
नेपाल अटो तथा विद्युतीय यातायाता मकवानपुरका अध्यक्ष भीम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष राम प्रसाद सुवेदी,पुरानो नारायणी व्यवसायी कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठ, पुरानो नारायणी व्यवसायी कम्पनीका प्रबन्ध संचालक सरोज कुमार खनाल,उद्योग वाणिज्य संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल शुभकामना मन्तव्य राखेका थिए ।
साधारण सभामा कोभिड(१९ को उच्च जोखिममा संक्रमितहरुलाई ओसार पसार गर्ने अटो चालकहरु र विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
























