मन्त्रीहरूमा कोरोना भएपछि मन्त्रिपरिषद बैठक अनिश्चित

काठमाडौं । मन्त्रीहरूमा कोरोना संक्रमण भएपछि आज बस्ने नियमित मन्त्रिपरिषदको बैठक पनि अनिश्चित भएको छ । केही मन्त्री कोरोना संक्रमित भएको र केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद बैठक अनिश्चित भएको हो । गत सोमबार पनि बैठक बस्न सकेको थिएन ।

‘केही मन्त्रीहरूमा कोरोना संक्रमण भएको छ, केही कन्ट्रयाक ट्रेसिङमा हुनुहुन्छ । त्यसैले पनि मन्त्रिपरिषद बैठक बस्ने सम्भावना छैन’, प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘प्रधानमन्त्री ज्यु पनि कन्ट्रयाक ट्रेसिङमा हुनुहुन्छ । आज बिहीबार पीसीआर गरेपछि बल्ल थाहा हुन्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*