मकवानपुरमा थप २५ जनामा कोरोना संक्रमण

हेटौंडा । मकवानपुरमा आज थप २५ जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ जनामा पिसिआर र ६४ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ९ जना र १६ जना गरी २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पुष्टि हुनेहरुमा १२ जना हेटौंडा उपमहानगरपालिका भित्रका,५ जना मकवानपुरगढीका,थाहा र मनहरीका ४४ जना रहेका छन् ।
यसैबीच,सोहि समयमा जिल्लामा २ जनाले संक्रमणलाई जितेका छन् ।
यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय २ पुगेको छ ।
जसमा २९८ जना आफ्नै घरमा र ४ जना संस्थागत आइसोलेसन हेटौंडा अस्पतालमा उपचाररत रहेका छन् ।
जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ६८ जनाको मृत्यु भएको छ ।