कर्रा करिडोर निर्माणको काम हुँदै

हेटौंडा । बितेको आर्थिक वर्ष देखि कर्राकरिडोर निर्माणको काम भइरहेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ र वडा नम्बर–८ मा पर्ने कर्रा करिडोर निर्माणको काम भइरहेको हो । अहिले पहिलो चरणमा कर्राखोलाको दुबै तर्फ ड्याम बाध्ने काम भइरहेको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताउनुभयो ।

बितेको आर्थिक वर्ष देखि यहाँ काम भइरहको हो । चालु आर्थिक वर्षमा पनि उपमहानगरपालिकाले एक करोड ५० लाख रुपैयाँ बजेटबाट काम भइरहेको मेयर महतले बताउनुभयो । कर्रापुल मुनीबाट निर्माण सुरु गरिएको काम चौघडा सम्म रहने छ । कर्राखोला माथी दुबैतिरबाट सडक निर्माण बस्ति संरक्षणको कामसंगै यस क्षेत्रमा हरियाली र सुन्दर बनाउने योजना रहेको मेयर महतले बताउनुभयो ।

यही कर्रा करिडोरबाट साइकलिङ ट्रयाक समेत निर्माण गरिने छ । बितेको आर्थि वर्ष र चालु आर्थिक वर्षमा यसको निर्माणलाई तिब्रता दिइएको हेटौंडा–८ का वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो । कर्राकरिडोर निर्माण हुने भएपछी दुइवटा वडाका वासिन्दाहरु अहिले खुसी भएको स्थानीय समाजसेवी बोलबहादुर कार्कीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*