मकवानपुरमा आज २८५ जनामा कोरोना संक्रमण

हेटौंडा । पछिल्लो २४ घण्टामा मकवानपुरमा २ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३८८ जनामा गरिएको परीक्षणमा थप २ सय ८५ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ सय ८२ जनामा पिसिआर र १ सय ६ जनामा एन्टीजेन विधिबाट परीक्षण गर्दा क्रमशः २ सय १६ र ६९ जना गरी थप २ सय ८५ जनामा कोरोना पुटि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ८ सय ५० पुगेको छ । जिल्लामा आज थप ४ जनाले कोरोना संक्रमण जितेका छन् ।

जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ७० जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*