कोरोना नियन्त्रणका लागि काठमाडौँमा २७ बुँदे आदेश जारी
काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै त्यसको नियन्त्रण र रोकथामका लागि २७ बुँदे आदेश जारी गरेको छ।
मन्त्रिपरिषदको गत पुस ३० गतेको निर्णयबाट जारी आदेश, संक्रामक रोग ऐनले दिएको अधिकार र स्थानीय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरी मंगलबार राति १२ः०० बजेबाट लागू हुने गरी उक्त आदेश जारी गरिएको जिप्रका काठमाडौँले जनाएको छ।
माघ मसान्तसम्म सबै प्रकारका आमसभा, जुलुस, सभा गर्न नपाइने आदेशमा उल्लेख छ। यस्तै विभिन्न गोष्ठी, सेमिनार, बैठकजस्ता क्रियाकलापहरु भर्चुअल माध्यमबाट गर्नु पर्नेछ।
यसैगरी माघ १५ गतेसम्म सिनेमा हाल, डान्सबार, दोहोरी, नाचघर, क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल सञ्चालन गर्न पाइने छैन। विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम तथा विविध शैक्षक क्रियाकलापहरु पनि माघ १५ सम्म बन्द गर्नुपर्ने आदेशमा भनिएको छ। परीक्षाहरु भने स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने छ।
यस्तो छ आदेशको पूर्णपाठः



























