हेटौंडाको मानबसेवा आश्रमलाई औषधि हस्तान्तरण

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा रहेको मानब सेवा आश्रमलाई चार लाख रुपैयाँ बराबरको औषधी हस्तान्तरण गरिएको छ । हेटौंडा–९ को वडा कार्यालयले आश्रमलाई बिभीन्न खालका औषधी हस्तान्त्रण गरेको हो ।

आश्रममा आश्रीतहरु सबैजसोलाई मनोरोग लगायतका बिभीन्न रोगबाट समस्यामा रहेकाले वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले औषधी हस्तान्तरण गर्नुभयो ।

औषधी सहयोगले धेरै राहत मिलेको आश्रमले जनाएको छ । आश्रममा हाल २ सय जना रहेका छन् । उनीहरु मध्य धेरैजसोले नियमित औषधी खानुपर्ने बाध्यता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*