बागमती प्रदेशमा कोरोनाले भयाबह रुप लिदै, एकैदिन ८ हजारमा संक्रमण
हेटौंडा । बागमती प्रदेशमा कोरोना भाइरस संक्रमणले भयाबह रुप लिदै गएको छ । हिजो एकै दिनमा ८ हजार ७१ जना कोरोना भाइरस ९कोभिड–१९० का संक्रमित थपीएका छन् । कोरोनाको दोस्रो लहर फैलिएसंगै बागमती प्रदेशका जिल्लामा यसको जोखिम बढेको छ । हिजो एकैदिनमा संक्रमितहरु धेरै थपीदै गएको प्रदेशको सामाजिक बिकास मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिनुभयो ।
नेपालभरी संक्रमित देखिएका मध्यमा बुधबार मात्र यस प्रदेशमा ४८ दशमलब ७१ प्रतिशतमा कोरोना संक्रमण भएको छ । मकवानपुर जिल्ला पनि कोरोनाको उच्च जोखिममा परेको छ । मकवानपुरको हेटौंडासंगै जिल्लाका दश वटै स्थानीय तहमा कोरोना भाइरसको उत्तिकै जोखिम बढेको छ । स्वास्थ्य मापदण्ड पनि पालना नहुँदा थप समस्या भएको स्वास्थ्यकर्मीहरु वताउँछन् । हाल सम्म यस प्रदेशमा ४ लाख ९६ हजार ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मकवानपुर जिल्लामा पनि कोरोनासंक्रमितहरु बढ्न थालेका छन् । बागमती प्रदेशका उपत्यकाका जिल्लामा कोरोनाको जोखिम अली बढेको छ । कोरोनाका बिरामी उपत्यकाका जिल्लामा धेरै देखिएका छन् । जनपत्रबाट
























