प्रदेशको राजधानी हेटौंडामा स्थायी संरचना निर्माण हुन सकेन

हेटौंडा । बागमती प्रदेशको स्थायी राजधानी हेटौंडा तोकिएको २ वर्ष बित्यो । तर पनि राजधानीका लागि स्थायी संरचना अहिलेसम्म बनेका छैनन् । सत्ता हेरफेर भएसागै प्राथमिकतामा परिवर्तन हुँदा राजधानीका संरचना बनाईसक्नुपर्ने बेलामा समेत प्रदेश सरकार जग्गा खोजीरहेको छ ।

७ वटा मन्त्रालयलाई सरकारी भवनमा व्यवस्थापन गरेको बागमती प्रदेश सरकारले अहिले मन्त्रालय नै १४ वटा पुर्‍याएको छ । एउटै भवनमा ५ वटा मन्त्रालय राखिएको छ । यसरी मन्त्रालयले कोचेर राख्नुपर्दा मुख्यमन्त्री राजेन्द्र पाण्डे नै असन्तुष्ट छन् । उनी स्वयम् प्रदेशका मन्त्रालय मालपोत र नापी कार्यालय जस्तो देखिएको बताउछन् । सरकारले प्रदेशका २२ वटासम्म मन्त्रालय राख्न सकिने गरी एउटै स्थलमा जग्गा खोजिरहेको छ । मन्त्री क्वाटरलाई समेत एकै ठाउामा व्यवस्थापन गर्ने सरकारको योजना छ ।

३ वर्षभन्दा बढी सरकारको नेतृत्व गरेका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले अहिले भएका सरकारी संरचना भत्काएर ८ वटा मन्त्रालय बनाउन टेण्डर गर्न सबै प्रकृया पूरा भइसकेको दाबी गरेका छन् । तर अहिलेको सरकारले प्रक्रिया अघि नबढाएको उनको भनाइ छ । पूर्वाधारको तयारी विनै प्रदेश सरकारले मन्त्रालय विस्तार गर्दा सेवा प्रवाहमा समस्या देखिएको छ । प्रदेशको स्थायी राजधानी टुंगो लागेको लामो समय बितिसक्दा पनि स्थायी संरचना निर्माण गर्न नसक्नु लज्जाको विषय हो । कान्तिपुर टिभीबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*