मकवानपुरमा थप १४६ जनामा कोरोना संक्रमण

हेटौंडा । मकवानपुरमा आज थप १ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय १९ जनामा पिसिआर र १ सय २१ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ७८ जना र ६८ जना गरि थप १ सय ४६ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पुष्टि भएकाहरुमा १ सय २ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।

यसैगरि,१८ जना मकवानपुरगढी गाउँपलिका भित्रका,१६ जना मनहरी गाउँपालिका भित्रका,८ जना थाहा नगरपालिका भित्रका र २ जना बकैया गाउँपालिका भित्रका रहेका छन् ।

यसैगरि,जिल्लामा आज थप २ सय ३६ जना संक्रमितले कोरोना जितेका छन् । हाल जिल्लामा १ हजार ६ सय २७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*