मकवानपुरमा आज ४६ जनामा कोरोना पुष्टि
हेटौंडा । मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या भन्दा जित्नेको संख्या बढेको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना पुष्टि हुने भन्दा जित्नको संख्या बढेको हो ।
बुधबार जिल्लामा ४६ जनामा कोरोना पुष्टि हुँदा २ सय ७८ जनाले संक्रमणलाई जितेका छन् ।
जिल्लामा हिजो मंगलबार १ सय ४६ जनामा कोरोना पुष्टि हुँदा २ सय ३६ जना संक्रमितले संक्रमणलाई जितेका थिए ।
जिल्लामा हाल १ हजार ३ सय ९५ सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ७० जनाको मृत्यु भएको छ ।
























