मकवानपुरमा थप ७२ जनामा कोरोना संक्रमण

हेटौंडा । मकवानपुरमा आज थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५६ जनामा पिसिआर र १ सय ५ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः २७ जना र ४५ जना गरि थप ७२ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पुष्टि भएकाहरुमा ४२ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।

यसैगरि,१२ थाहा नगरपालिका भित्रका, ६ जना मकवानपुरगढी गाउँपलिका भित्रका,१० जना मनहरी गाउँपालिका भित्रका र २ जना भीमफेदी गाउँपालिका भित्रका रहेका छन् ।

यसैगरि,जिल्लामा आज थप २ सय ८५ जना संक्रमितले कोरोना जितेका छन् । हाल जिल्लामा १ हजार १ सय ८२ जना सक्रिय संक्रमित उपचाररत रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*