मकवानपुरमा २ लाख १७ हजारले लयाए पूर्ण मात्रा खोप
हेटौंडा । मकवानपुर जिल्लामा धेरैजसोले कोरोना भाइरस संक्रमण बिरुद्ध खोप लगाएका छन् । यहाँ खोप लगाउनेहरुको सख्या दिनहुँ बढ्दै गएको छ । मकवानपुरमा कोरोना बिरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सख्या २ लाख १७ हजार २ सय १२ जना पुगेको छ । यसैगरी खोपको पहिलो मात्र लगाउनेको सख्या २ लाख ९० हजार २ सय १३ जना पुगेको छ ।
पछील्लो समयमा कोरोना संक्रमण फेरी फैलन थालेसंगै कोरोना भाइरस बिरुद्धको खोप लगाउनेहरु पनि बढ्दै गएका छन् । तर, पहिले कोरोना बिरुद्धको खोप लगाउनेहरु कमै मात्र थिए । अहिले खोपको खोजी गरेर लगाउनेहरु बढेको स्वास्थ्य कार्यालय मकवापनुरले जनाएको छ । मकवापुरको हेटौंडा उपमहानगरपालिका सहित दश वटै स्थानीय तहका स्वास्थ्य संस्थामा कोरोना बिरुद्धको खोप लगाउने गरिएको छ ।
























