एकै वर्षमा हेटौंडाका तीन वडा कार्यालय भवन निर्माण
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले एकै वर्ष तीन वटा वडा कार्यालयको भवन निर्माणको काम गरेको छ । आफ्ना वडा कार्यालयहरुको भवन निर्माण गर्ने अभियान अनुसार वडा कार्यालयहरुका भवन निर्माण गरिएको मेयर हरि बहादुर महतले बताउनुभयो । विगतका वर्षहरुमा जस्तै यस आर्थिक वर्षमा पनि वडा कार्यालयहरु आफ्नै भवनमा राख्नका लागि निर्माण गरिएको हो ।
हेटौंडा–१२, १४ को वडा कार्यालय भवन निमाृण भइसकेको छ भने ७ नम्बर वडा कार्यालयको भवन निर्माण भइरहेको मेयर महतले बताउनुभयो । सबै वडा कार्यालयहरुको आफ्नै भवन निर्माण गर्ने लक्ष्य अनुरुप वडा नं १४ मा वडा कार्यालय भवन निर्माण कार्य सम्पन्न भएको र १२ नं वडाको कार्यालय भवन निर्माण भएका हुन् । यसअघिका वर्षहरुमा हेटौंडाका बिभीन्न वडा कार्यालयका भवनहरु निर्माण भएका छन् ।
























