मकवानपुरमा आज १ सय ८१ जनाले जिते कोरोना
हेटौंडा । ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मकवानपुरमा पछिल्लो २४ घण्टामा कुनैपनि ९पिसिआर र एन्टीजेन० परीक्षण भएको छैन् ।
शनिबार स्वाब संकलन र कोरोना परीक्षण नभएको कारण रिपोर्ट नआएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरि,आज जिल्लामा थप १ सय ८१ जनाले कोरोना संक्रमणलाई जितेका छन् । कोरोना जित्नेहरुमा सबै आफ्नै घरमा रहेकाहरु रहेको छन् ।
जिल्लामा हाल ८ सय ३६ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ८ सय २६ जना आफ्नै घरमा र १० जना हेटौंडा अस्पतालको कोभिड कक्षमा उपचाररत रहेका छन् ।
























