मकवानपुरका सिडिओ पाण्डेले दिए विद्यालय र भिडभाड हुने स्थान माघ मसान्तसम्म नखोल्न आदेश
हेटौंडा । कोरोना थोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणी पाण्डेले थप दुई आदेश जारी गरेका छन् ।
आईतबार सिडिओ पाण्डेले जिल्ला भित्रका विद्यालय र भिडभाड हुने स्थानहरु माघ मसान्त सम्म नखोल्न आदेश जारी गरेका हुन् ।
आदेशमा विद्यालय, कलेज, ट्यूशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप माघ मसान्तसम्म भौतिक रूपमा उपस्थितिमा संचालन नगर्न र शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाउन आग्रह गरिएको छ ।
यसैगरि,सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, पिकनिक स्थल, खेलमैदान, फुटसल, पटके हाटबजार र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ मसान्तसम्म सञ्चालन नगर्न भनिएको छ ।

























