एम्नेष्टी ईन्टरनेशनल नेपाल समूह–६७ मा हेमन्त ढुङ्गेल
मकवानपुर, १७ माघ । एम्नेष्टी ईन्टरनेशनल नेपाल समूह–६७ हेटौँडाको ११ अधिवेशनबाट अधिकारकर्मी हेमन्त ढुंगेलको संयोजकत्वमा नयाँ कार्य समिति चयन गरिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित गोरक्षेश्वर धामको सभाहलमा भएको २२ औँ साधारण सभा तथा ११ औँ अधिवेशनले ढुंगेलको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपसंयोजकमा प्रकाश ढकाल, सचिवमा रेणु ज्ञवाली, सहसचिवमा योगेन्द्र उपाध्याय, कोषाध्यक्षमा रघुनाथ खराल र सदस्यहरुमा देवकुमारी ढकाल, अक्कल सिं लामा, प्रभा कुमारी घिमिरे र पूर्ण प्रसाद अर्याल चयन भएका छन् । साधारणसभाले विगत ४ दशकभन्दा लामो समय लोकतन्त्र, मानव अधिकार र वकालत क्षेत्रमा कृयाशिल व्यक्तित्व विरगंज निवासी देबेन्द्र लाल नेपालीलाई ईन्द्र बहादुर श्रेष्ठ स्मृति मानव अधिकार सम्मानबाट सम्मानित गर्ने निर्णय समेत गरेको छ ।
समूहका संयोजक उत्तम शर्मा ढकालको सभाध्यक्षता एवम् एम्नेष्टी ईन्टरनेशनल नेपालका केन्द्रीय सदस्य महेश कुमार पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समूहका पूर्व संयोजकहरु जिवनकाजी माकजु श्रेष्ठ, बिजेन्द्र अग्रवाल, विजय कुमार वैद्य, हयग्रिव आचार्य लगायतले एम्नेष्टी इन्टरनेशनल र मानव अधिकारको विषयमा मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन समूहका सचिव प्रल्हाद घिमिरेले गरेका थिए ।
एमनेष्टी इन्टरनेशन अन्तर्राष्ट्रिय ख्याति प्राप्त नोबेल पुरस्कारद्वारा पुरस्कृत र सम्मानित संस्था हो । संस्थाले राज्यपक्ष, विद्रोही पक्ष र अन्य पक्षबाट गरिने मानव अधिकारको उल्लंघनको घटनाहरूमा दवावमूलक कार्यक्रमहरु दिश्वव्यापी रुपमा संचालन गर्दै आएको छ ।
























