४ जेठमै स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा एकै चरणमा निर्वाचन गर्ने विषयमा छलफल भएको छ।

आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो।

चुनावको मिति तोक्ने विषयमा प्रधानमन्त्री देउवा र आयोगका पदाधिकारीबीच मंगलबार दिउँसो बालुवाटारमा छलफल भएको हो। छलफल देउवाले ४ जेठमै निर्वाचन गर्ने प्रस्ताव गरेका हुन्।

सत्तारुढ गठबन्धनबीच जेठमै स्थानीय तहको निर्वाचन गर्ने र त्यसका लागि संविधानसँग बाझिएका ऐन कानुन संशोधन गर्ने निर्णय गरे पनि कहिले निर्वाचन गर्ने भन्ने टुंगो लागिसकेको छैन। तर, कांग्रेस सभापतिसमेत रहेका देउवाले पार्टीका नेताहरूसँगको भेटमा ४ जेठमै निर्वाचन हुने जानकारी दिइसकेका छन् ।

सोमबार कांग्रेस बागमती प्रदेशका प्रतिनिधिहरू सँगको भेटघाटको क्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन ४ जेठमा गर्ने बताएका थिए।

संभवत बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले चुनावको मिति तोक्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*