कांग्रेस मकवानपुरको सभापति विष्णु लामिछानेले सम्हाल्ने
हेटौँडा । नेपाली कांग्रेस मकवानपुरको कार्यवाहक सभापतिको जिम्मेवारी आजबाट औपचारिक रुपमा उपसभापति विष्णुप्रसाद लामिछानेले सम्हाल्ने भएका छन् ।
नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानीयाँले बागमती प्रदेश सभापतिमा जित हाँसिल गरेर कार्यभार सम्हालेपछि खालि रहेको मकवानपुरको सभापति पदमा लामिछालाई कार्यभार दिने बमोजिम आजबाट उनले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्ने बताईएको छ ।
























