चालु आर्थिक वर्षमा हेटौंडामा ७३२ वटा नयाँ व्यावसाय दर्ता

हेटौंडा । हेटौंडा उपमहानगरपालिका कार्यालयमा नयाँ व्याबसाय दर्ता हुने क्रम चालु आर्थिक वर्षमा बढेको छ । बिभीन्न खालका व्यावसायहरु दर्ता गरेर मात्र सञ्चालन गर्ने उदेस्यले दर्ता समेत भएको हो ।

नगर क्षेत्रका विभिन्न कारणवाट ब्यवसाय दर्ता हुन छुट भएका ब्यवसायीहरुलाई करको दायरामा ल्याउन गत वर्षवाट ब्यवसाय कर संकलन टोली परिचालन गरिएकोमा चालु पाँच महिनाको अवधिमा ७ सय ३२ नयाँ ब्यवसाय दर्ता भएको मेयर हरि बहादुर महतले बताउनुभयो । चालु आर्थिक वर्षको साउन महिना देखि मंसिर महिना सम्ममा यतीका धेरै व्यावसायहरु दर्ता हुन आएका हुन् । व्यावसायीहरुलाई कुनैपनि खालका कर बृद्धी नगरिएको र कराको दायरा बढाउँदा उत्साहका साथ व्यावसाय दर्ता गर्नेक्रम बढेको उहाँले बताउनुभयो ।

बिगत लामो समय देखि विभिन्न निकायमा दर्ता गरी संचालनमा रहेको तर उपमहानगरपालिकामा व्यवसायकर प्रयोजनको लागि दर्ता नभएका करदाताहरु मध्ये चालु आर्थिक वर्षमा होटल एशोसियशन मकवानपुरको सहकार्यमा व्यवसाय दर्ता गर्न छुट भएका होटल व्यवसायीहरुलाई बक्यौता रकम छुट दिई व्यवसाय दर्ता गर्ने अभियान कार्यान्वयन भैरहेको मेयर महतले बताउनुभयो । उपमहानगरपालिकाले पुराना व्यावसायीहरुलाई बक्यौता कर छुट दिएपछी उत्साह बढेको पाइएको छ ।जनपत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*