हेटौंडामा एमसीसी विरुद्ध प्रदर्शन

हेटौंडा । देशभर हाल विवादित अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शन भईरहेको छ ।

एमसीसी सम्झौता प्रकिया अघि बढाउने सरकारको तयारीसंगै पछिल्लो केहि दिन यता देशभर एमसीसी विरुद्ध विरोध प्रदर्शन भईरहेको हो ।

आज पनि केन्द्रीय राजधानी काठमाण्डौ,बागमती प्रदेश राजधानी हेटौंडा लगाएत देशको प्रमुख शहरहरुमा एमसिसी खारेज गर्न माग गर्दै आधा दर्जन वामपन्थी दलले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् ।

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपालगायतका कम्युनिस्ट पार्टी र मोर्चाले एमसीसी सम्झौता विरुद्ध प्रदर्शन गरेको हो ।

एमसीसी राष्ट्रहितविपरीत रहेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । नेपाल बसेर चीनविरोध गतिविधि गर्न अमेरिकाले एमसीसीमार्फत सहयोग गर्न लागेको उनिहरुको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*