एमसीसीलाई यथास्थितिमा समर्थन गर्न सकिँदैन – अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने बताउनुभएको छ ।

शुक्रबार वीरगञ्जमा पत्रकारहरूसँग कुरा गर्दै एमसीसीका विषयमा नेपाली जनता र राजनीतिक दल विभाजित भएकाले प्रष्ट पार्नुपर्ने चुनौती रहेको बताउनुभएको हो । जनमत एमसीसीविरुद्ध रहेको भन्दै उहाँले सम्झौता मिति पर सार्दा उत्तम हुने समेत बताउनुभयो ।

एमसीसीका विषयमा भए नभएको प्रचार भइरहेको भन्दै उहाँले केही कुरा सुधार्नुपर्ने भएकाले आँखा चिम्लेर समर्थन गर्न नसकिने तर्क गर्नुभयो ।

उहाँले यो इन्डोप्यासेफिक रणनीतिको अंग हो होइन, अमेरिकी सुरक्षा रणनीति अन्तर्गत पर्छ पर्दैन ?  सैन्य संलग्नता छ छैन  ? , ट्रान्समिसन लाइन तलको भु-भाग वा सडक बनाउँदा नेपालको सार्वभौम अधिकार रहन्छ रहँदैन लगायतका विषयमा प्रष्ट हुनुपर्ने समेत नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*