मेयर महतद्वारा हेटौंडाको आलदमारमा पक्की सडक उद्घाटन

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नंबर १२ आलदमारमा नयाँ निर्माण गरिएको पक्की सडकको उद्घाटन् गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले यहाँ निर्माण गरिएको स्लाब ढलानको उद्घाटन् गरेका हुन् । नगरभित्रनै भएपनि ओझेलमा परेको यस सडक निर्माणका लागि उपमहानगरपालिकाले ३४ लाख रुपैयाँ सहयोग गरेको थियो ।

यस क्षेत्रमा तीन तहकै सरकारको विकास निर्माणका लागि सडक निर्माणका लागि सहयोग गरिएको मेयर महतको भनाई छ । फेरी पनि यस क्षेत्रको विकासका लागि आफ्नो सहयोग रहेको उनले बताए । पाँच मिटर चौडाइ रहेको यस सडकको लम्बाइ ३ सय ५० मिट रहेको छ । यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ मा बलामी गुठी नजिक ग्याविन निर्माणको गरिएको छ ।

उपमहानगरपालिका र स्थानीय बासिन्दाहरुको सक्रियतामा ग्याविन निर्माण गरिएको मेयर महतले बताए । ग्याविन नहुँदा यस क्षेत्रमा समस्या भएकाले कुल ४ लाख रुपैयाँ लागतमा ग्याविन निर्माण गरिएको बताए । हेटौंडा १२ सहित यहाँका १९ वटै वडामा वर्षायाममा खोला, बाढी, पहिरोका समस्या भएको क्षेत्रमा ग्याविन निर्माणका कामहरु भइरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*