एमसीसीबारे सत्ता गठबन्धनका तीन शीर्ष नेताको बैठक निष्कर्षविहीन

देउवाले संसद्को आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने प्रस्ताव राखे पनि दाहाल र नेपालले सहमतिबाट मात्र एमसीसी अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौं । एमसीसी परियोजना अघि बढाउने विषयमा सत्ता गठबन्धनका तीन शीर्ष नेताको बैठक निष्कर्षविहीन भएको छ ।

शनिबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।

‘एमसीसी लगायतका विषयमा नै तीन नेताहरूबीच छलफल भएको हो,’ उहाँले भन्नुभयो, ‘छलफल निष्कर्षविहीन भयो, फेरि नेताहरूबीच छलफल हुनेछ ।’

शनिबारको छलफलमा प्रधानमन्त्री देउवाले संसद्को आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने प्रस्ताव राखे पनि दाहाल र नेपालले सहमतिबाट मात्र एमसीसी अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

दाहाल र नेपाल एमसीसीलाई निर्वाचनपछि धकेल्न प्रयासरत छन् । तर, अमेरिकाले भने १९ फागुनसम्म एसीसी पास नभए फिर्ता लैजाने र नेपालसँगको सम्बन्ध पुनर्विचार गर्ने चेतावनी दिइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*