नयाँ प्रधानन्यायाधीशले सपथ नलिएसम्म आन्दोलन रोकिन्न – बार अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलन नरोक्ने बताएका छन् ।

प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले नयाँ प्रधानन्यायाधीशले सपथ नलिएसम्म आफूहरुको आन्दोलन नरोक्ने प्रतिक्रिया दिएका हुन् ।

‘हामीले न्यायपालिका सुधारका लागि आन्दोलन गरेका छौं । चोलेन्द्र आज निलम्बित भएका छन् । न्यायपालिका सुधारको ढोका खुलेको छ । यो ढोका खुलेको मात्रै हो’ आइतबार बार एशोसिएसन परिसरमा कानुन व्यवसायीमाझ सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘‘जबसम्म सही रुपमा अर्को प्रधानन्यायाधीश आउँदैन, जबसम्म अर्को प्रधानन्यायाधीशले सुधारको कार्यक्रम अगाडि बढाउँदैनन्, तवसम्म नेपाल बारको आन्दोलन निरन्तर जारी रहन्छ ।’

उनले प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा व्यापक छानबिन हुनुपर्ने बताए । ‘हाउसमा जो दर्ता भएको महाअभियोग पत्र हो । त्यसमा व्यापक रुपमा छानबिन हुनुपर्छ । बिचौलियाहरुलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*