मकवानपुरमा थप ६ जनामा कोरोना पुष्टि
हेटौंडा । मकवानपुरमा थप ६ जनामा कोरोना पुष्टि भएको छ भने १३ जनाले संक्रमणलाई जितेका छन् ।
स्वास्थ्य कार्यलय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा २१ जनामा पिसिआर र २३ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ४ जना र २ जना गरी थप ६ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेहरुमा ५ जना हेटौंडा उपमहानगरपालिका भित्रका र एक जना मकवानपुरगढी गाउँपालिका भित्रका रहेको कार्यलयले जनाएको छ ।
हाल जिल्लामा ७९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
























