जबराको बचाउ गर्ने हाम्रो मनसाय होइन – ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउ गर्ने आफूहरुको मनसाय नभएको बताएका छन् ।

सोमबार एमाले संसदीय दलको बैठकमा उनले जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने समय र प्रवृत्तिको मात्र आफूहरुले विरोध गरेको बताएका हुन् । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अध्यक्ष ओलीले निर्वाचान सार्ने, एमसीसी पारित गर्ने र अदालतलाई गिजोल्ने मनसायले महाअभियोग प्रस्ताव आएको बताएका हुन् ।

‘अहिले प्रधानन्यायाधीशका विरुद्ध महाभियोग प्रस्ताव निर्वाचनलाई सार्ने वा टार्न खोज्ने, एमसीसी जसरी पनि पारित गर्ने र लोकतन्त्रमाथि निरन्तर हमला गरिरहने यो प्रवृत्किो रुपमा आएको छ’ ओलीको भनाइ उधृत गर्दै भट्टराईले भने ।

ओलीले प्रधानन्यायाधीश जबराप्रति एमाले सकारात्मक भएको वा एमालेको पक्षमा काम गरेका छन् भनेर उनलाई बोकेर हिँड्नुपर्छ, जोगाउनुपर्छ भन्ने मनसाय एमालेको नभएको बताएका थिए ।

‘उहाँको अनगिन्ती कमजोरी देखिएको छ, उहाँप्रति चार्ज लागेको छ, हिजो परमादेश गराउने नेतृत्व उहाँले नै गर्नुभएको थियो, त्यसका बाबजुद महाअभियोग प्रस्ताव जुन बेलामा आयो, जसरी आयो, जे नियतले आयो त्यसमा आशंका हो’ ओलीको भनाइ उधृत गर्दै भट्टराईले भने ।

ओलीले महाअभियोग गलत उद्देश्यले आएको भन्दै यसलाई प्रतिवाद गर्ने बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*