मकवानपुरमा थप ५ जनामा कोरोना संक्रमण
हेटौंडा । मकवानपुरमा थप ५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ६ जनाले संक्रमणलाई जितेका छन् ।
स्वास्थ्य कार्यलय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा २३ जनामा पिसिआर र २४ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः २ जना र ३ जना गरेर थप ५ जनामा कोरोना देखिएको छ ।
जिल्लामा हाल ६९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ७१ जनाको मृत्यु भएको छ ।
























