हेटौंडामा एमसीसी विरुद्ध माओवादी निकट विद्यार्थी संगठनको विरोध प्रदर्शन

हेटौंडा । अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्दै सत्ता साझेदार पार्टी नेकपा माओवादी निकट वाईसिएल,विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ ।

बुधबार दिउँसो हेटौंडाको सिमाचोकमा वाईसिएलले एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेको हो । उनिहरुले ‘नो एमसीसी,अरु कुरा जान्दैनौ राष्ट्रघाती एमसीसी मान्दैनौ’ लगाएत लेखिएको प्ले कार्ड बोकेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*