फागुन १६ गते बागमती प्रदेशसभाको बैठक बस्ने
हेटौंडा । बागमती प्रदेश सभाको बैठक आगमी फागुन १६ गते बस्ने भएको छ ।
गत पुस ८ गते स्थगित प्रदेश सभाको बैठक आगामी फागुन १६ गते बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
सभामुख सानुकुमार श्रेष्ठले बुधबार आव्हान गरेको सर्वदलिय वैठकमा प्रदेशसभाको वैठक फागुन १६ गते राख्ने विषयमा दलहरुबीच सहमति भएको सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।
सभामुख सानुकुमार श्रेष्ठले बोलाएको भएको सर्बदलीय बैठकमा फागुन १५ गते पुनः सर्वदलीय वैठक बस्ने र फागुन १६ गते प्रदेशसभाको बैठक बोलाउने विषयमा दलहरुबीच सहमति भएको हो ।
बुधबार बसेको सर्वदलीय वैठकमा सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरुको सहभागिता थियो ।
























