फेरि सर्‍यो कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन

हेटौंडा । आउँदो १३ गते हुने भनिएको नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन फेरि दुई दिन सरेको छ ।

यसअघि,फागुन १३ गतेका लागि निर्धारित मकवानपुरसहित १६ जिल्लाको अधिवेशन दुई दिन पछि सरेको हो।

कांग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशनको कार्यतालिका संशोधन गर्दै जिल्ला अधिवेशन फागुन १५ गते गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलालीको जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।

पार्टीको कार्यसम्पादन समितिको बैठक तथा नेतृत्वको अनुरोध अनुसार अधिवेशन दुई दिन सरेको निर्वाचन समितिले जनाएको छ।

यसअघि अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन माघ १५ गते आयोजना गर्ने निर्णय गरिएको थियो । कोभिड संक्रमणको जोखिमको कारण अधिवेशन स्थगित गरिएको थियो । त्यसअघि जिल्ला अधिवेशन पुस २७ गते हुने निर्णय भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*