नेकपा एमालेले संसदमा विरोध जारी राख्ने

काठमाडौं । नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने बताए । उनले अनलाइनखबरसँग भने, ‘संसदमा हाम्रो रणनीति परिवर्तन भएको छैन । आज पनि विरोध जारी राख्छौं ।’

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । सो बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ ।

प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न त्यसअघि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । कार्यव्यवस्थाको बैठक एमालेले बहिस्कार गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*