प्रतिनिधिसभा बैठकमा एमालेको नाराबाजी, अर्को बैठक आइतबार

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध कायमै राखेको छ ।

दिउँसो १ बजे सुरु भएको बैठकमा एमाले सांसदले रोस्टमअगाडि गएर आफ्ना माग पूरा गर्न माग गर्दै नाराबाजी गरेको हो ।

एमालेले आफ्नो पार्टीले कारबाही गरेको सांसदहरूलाई बैठकबाट हटाउनुपर्ने माग राख्दै आएको छ । त्यसो हुन नसकेको खण्डमा सभामुखले राजीनामा दिनुपर्ने उसको माग छ ।

बैठकमा एमसीसीको टेबल गर्ने सरकारको तयारी भए पनि सत्ता गठबन्धनमा कुरा नमिलेपछि पर सारिएको छ। बैठकमा आदिवासी जनजाती आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन ८ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*