प्रजातन्त्र दिवसमा भीमफेदी कारागारका १० कैदीको सजाय मिनाहा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मकवानपुरको भीमफेदी कारागारबाट १० जना कैदीबन्दीको सजाय मिनाहा भएको छ ।

मन्त्रिपरिषद् सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ५ सय १ एक कैदीवन्दीको सजाय मिनाहा र १२ जनालाई आममाफी दिए संगै भीमफेदी कारागारका १० कैदीबन्दीले सजाय मिनाहा पाएका हुन् ।

राष्ट्रपति कार्यालयले कैदीबन्दीको सजाय मिनाहा तथा आममाफी दिएको सूचना शुक्रबारनै निकाले पनि कैदीबन्दीहरू आज प्रजातन्त्रको दिवसको दिन छुटेका हुन्।

भीमफेदी कारागारका निमित्त प्रमुख जेलर केदार प्रसाद सापकोटाका अनुसार सजाय मिनाहा भएका कैदीबन्दीहरु बिहान १० बजे रिहा भएर घर फर्किसकेका छन् । यो संगै अब भीमफेदी कारागारमा ९ सय ७७ जना कैदीबन्दीहरु रहेको सापकोटाले बताए ।

आज सजाय मिनाहा भएकाहरु मध्ये ८ जना नेपालका रहेका छन् भने २ जना छिमेकी देश भारतका रहेका छन् । जसमा मकवानपुरका ५ जना,भारतका २ जना,सिन्धुली,सुनसरी र उदयपुरका एकएक जना रहेका छन् ।

सजाय मिनाहा पाउनेहरुमा सवारी ज्यान मुद्धाका ४,कर्तव्य ज्यान मुद्धाका ३ जना,चोरी,डाँका र ज्यान मार्ने उद्योग मुद्धाका एकएक जना रहेको निमित्त प्रमुख जेलर सापकोटाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*