एमसिसी विरुद्व नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन चर्कियो

काठमाडौँ – संसदमा एमसिसी टेबुल हुने भएपछि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन चर्किएको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी गठन अखिल क्रान्तिकारीको आयोजनामा बानेश्वरमा भएको प्रदर्शनको क्रममा झडप भएको हो ।
प्रहरी र प्रदर्शनकारीले एकअर्कालाई रोक्ने–धकेल्ने प्रयास गर्दा अवस्था तनावग्रस्त बनेको हो ।

प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको छ । यस्तै प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*