प्रतिनिधिसभाको बैठक सुरु , एमसिसी पेश हुँदै
काठमाडौँ – प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा एमसिसी पेश गर्ने तयारी छ।
सत्ता गठबन्धनको बैठकले एमसिसी पेश गर्ने निर्णय गरेसँगै कार्यव्यवस्था परामर्श समितिले सोही अनुसार कार्यसूचि तय गरेको हो ।
अमेरिकाले १६ फागुनभित्र एमसीसी सम्झौता सदनबाट अनुमोदन गराइसक्न नेताहरूलाई दबाब दिँदै आएको छ। गठबन्धनका दलहरुबीच मतभेद देखिँदा एमसिसी संसद बैठकमा पेस हुन सकेको थिएन।
























