एमालेको नाराबाजीकाबीच एमसिसी संसदमा टेबुल

काठमाडौँ – एमसिसी प्रतिनिधिसभामा टेबुल भएको छ । नेकपा एमालेको नाराबाजीकाबीच आइतबारको बैठकमा एमसिसी पेश भएको हो ।

माओवादीकै देव गुरुङसहितका नेताको विरोध तथा एमालेका भीम रावल, जनमोर्चाकी दुर्गा पौडेल तथा मजदुर किसान पार्टीका प्रेम सुवालको विरोध भए पनि एमसिसी पेश गरिएको हो ।

अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसिसी पेश गरेका हुन् । सन्धि ऐन अनुसारको एमसिसी मन्त्री कार्कीले पेश गरेका हुन् । उनले एमसिसी पेश गर्ने क्रममा नाराबाजी चर्को भएको थियो ।

अघिल्लो सरकारले गरेका कामको स्वामित्व लिएर एमसिसी पेश गरिएको मन्त्री कार्कीले उल्लेख गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*