संसद बैठकअघि माओवादी र एकीकृत समाजवादीका नेताहरुबीच छलफल

एमसीसीको पक्षमा नउभिने सहमति

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि छलफल हुनु अघि सत्ता गठबन्धनमा आवद्व दुई दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र एकीकृत समाजवादीकै वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको हो ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा तीनै जना नेताबीच एमसीसीको पक्षमा नउभिने सहमति भएको बुझिएको छ ।

अहिले केही बेरमा बस्ने कार्यब्यवस्था परामर्श समितिको बैठकमा पनि माओवादी र एकीकृत समाजवादीले एउटै मत राख्ने सहमति समेत भएको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*