संसद भवनबाहिर एमसीसी विरोधी प्रदर्शन जारी , प्रदर्शनमा झडप

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरेको विरोधमा बिहीबार पनि काठमाडौंमा प्रदर्शन भएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका राजनीतिक दलका भ्रातृ संगठनले नै नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनको नेतृत्व गरेका छन् ।

संसद भवन केन्द्रित प्रदर्शनलाई प्रहरीले एभरेस्ट होटल अगाडि रोकेको छ । त्यहाँ प्रहरीले सडक बन्द ब्यारिकेड राखेको छ । यसैबिच प्रदर्शनकारी संसद भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको छ  ।

एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका भ्रातृ संगठनहरु सडकमा उत्रिएका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठी हानेको छ । प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगा हानेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*