नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन आजबाट सुरु

हेटौंडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन हुँदै छ ।

नेपाली कांग्रेस जिल्ला निर्वाचन समिति मकवानुरले सार्वजनिक गरेको कार्य तालिका अनुसार आज आइतबारबाट आगामी नयाँ नेतृत्वको लागी चुनावी प्रकृया सुरु हुने भएको हो ।

निर्वाचन कार्यतालिका अनुसार जिल्ला कार्य समितिको लागि आज आइतबार उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र सोमबार भोली मतदान हुने छ ।

कार्यतालिका अनुसार बिहान ८ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, उम्मेदवारीको प्रथम नामावली प्रकाशन २ बजे,उम्मेदवारीको नामावली उपर दावी विरोध २:३० सम्म,उम्मेद्वारको संशोधित नामावली प्रकाशन ३ बजे,उम्मेदवारीको दरखास्त फिर्ता लिने ३ बजे देखि ६ बजेसम्म र उम्मेदवारीको अन्तिम नामावली प्रकाशन बेलुका ७ बजे रहेको छ ।

आगामी नयाँ नेतृत्वको लागी चुनावी प्रकृया भोलि बिहान ९ बजेबाट बेलुका ४ बजेसम्म रहेको र मतगणना मतदान सम्पन्न पछि हुने नेपाली कांग्रेस जिल्ला निर्वाचन समिति मकवानुरले जनाएको छ । मतदान स्थल हेटौंडा-१ चौकीटोलको डल्फिन चौर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*