बन्दले मकवानपुरको यातायात र शैक्षिक संस्था प्रभावित

हेटौंडा । नेपाली कांग्रेस,नेकपा माओवादी र एकिकृत समाजवादीको गठबन्धन सरकारले संसदबाट एमसीसी पारित गरेसंगै विरोधमा आह्वान भएको नेपाल बन्दको कारण मकवानपुरको जनजीवन प्रभावित भएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट दल र २ मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका हुन् । बन्दको कारण मकवानपुरको जिल्ला भित्र चल्ने सवारी आवत जावत बन्द रहेको छ भने लामो दूरीको यातायात पनि बन्द रहेको छ । यहाँको सम्पूर्ण सरकारी तथा नीजि शैक्षिक संस्थाहरु पनि बन्द रहेको छ ।

बन्दको कारण बजार, उद्योग, कलकारखाना पनि बन्द रहेको छ । हेटौंडा बजार भित्र भने साना सवारी अटो,मयुरी र मोटरसाईकल भने चलेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*