प्रचण्डले आज विशेष सम्बोधन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले आज सोमबार विशेष सम्बोधन गर्नुहुने भएको छ ।
आइतबार बेलुका प्रतिनिधि सभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी पारित भए पश्चात विकसित राजनीतिक घटनाक्रमका विषयमा उहाँले सम्बोधन गर्नलाग्नु भएको माओवादीका एक नेताले बताउनुभएको हो ।
अध्यक्ष प्रचण्डले आज सोमबार अपराह्न ३ बजे उहाँकै निवास खुमलटारमा विशेष सम्बोधन गर्नुहुने भएको छ ।
























