मकवानपुरमा मतदाता संख्या करिब ३ लाख नजिक

हेटौँडा । मकवानपुरमा मतदाताको संख्या २ लाख ९५ हजार ५ सय ५० पुगेको छ । प्रदेश निर्वाचन कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन पाउने मतदाता करिब ३ लाख नजिक पुगेको हो ।

कार्यालयको अनुसार यो वर्ष गत स्थानीय निर्वाचन(२०७४ भन्दा ६७ हजार ७ सय ९१ जना मतदाता बढेका छन् । स्थानीय तह निर्वाचन २०७४ मा मकवानपुरको मतदाताको संख्या २ लाख २७ हजार ७ सय ५९ थियो । सोहि वर्ष भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा भने २ लाख ५५ हजार ६ सय ४ जना मतदाता थिए ।

कार्यलयकी सूचना अधिकारी सम्झना ढकालको अनुसार आजबाट २६ गतेसम्म केहि त्रुटीहरु भएमा सच्याउन सकिने गरि सूचना भएको र मृत्यु भएकाको हकमा आएको प्रमाणित कागजातको आधारमा हटाउन सकिने छ ।

यस्तो छ विवरण :

इन्द्रसरोबर गाउँपालिका : १२,४९५
कैलाश गाउँपालिका : १४,६२०
थाहा नगरपालिका : ३२,३१६
बकैया गाउँपालिका : ३०,०१३
बागमती गाउँपालिका : २२,०९०
भीमफदी गाउँपालिका : १७,४४७
मकवानपुरगढी गाउँपालिका : १९,१५०
मनहरी गाउँपालिका : २६,७५१
राक्सिराङ्ग गाउँपालिका : १५,८७३
हेटौँडा उपमहानगरपालिका : १,०४,५१३

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*