पाँच महिनापछि संवैधानिक इजलास गठन

काठमाडौं – सर्वोच्च अदालतमा पाँच महिनापछि आज संवैधानिक इजलास गठन भएको छ।

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा वरिष्ठ न्यायाधीशहरु समेटेर इजलास गठन भएको हो। इजलासमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन्। इजलासमा ६ वटा मुद्दा पेशी चढेको छ।

संवैधानिक इजलास भने गोला प्रक्रियाबिनै गठन भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सहकर्मी न्यायाधीश र नेपाल बार एशोसिएसनले आन्दोलन सुरु गरेपछि गत असोज १३ देखि संवैधानिक इजलास बस्न सकेको थिएन।

प्रधानन्यायाधीश जबरामाथि सत्ता गठबन्धनले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेसँगै निलम्बनमा परेपछि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा इजलास गठन भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*