माओवादीको केन्द्रीय समितिमा ६ एजेण्डा तय , प्राथमिकतामा एमसीसी

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको बैठकमा विभिन्न ६ वटा एजेण्डा तय भएको छ ।

तय भएका एजेण्डाहरुमा पहिलो नम्बरमा शहीदप्रति श्रद्धाञ्जली दिइने उल्लेख छ भने दोस्रो नम्बरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकातर्फबट रिर्पाटिङ गर्ने र अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौताबारे छलफल गर्ने उल्लेख छ ।

यस्तै एमसीसी अनुमोदन गर्न पार्टीले सघाएको विषयलाई लिएर माओवादीभित्र बहस र अन्तरविरोध भइरहेका बेला केन्द्रीय समितिको बैठकमा यसलाई प्राथमिकतामा राखिएको माओवादी नेताहरुले बताएका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायतले एमसीसीको व्‍याख्यात्मक घोषणासहित पास गर्ने पार्टीको निर्णयमै अहसमत जनाएका थिए ।

प्रतिनिधिसभाबाट व्‍याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएपछि पनि काजीसहितका नेताहरुले पार्टीले गलत गरेको भनी पार्टीमा छलफलको माग राखेका थिए । सोही कारण जारी केन्द्रीय किमटीको बैठकमा एमसीसीले पहिलो प्राथमिकता पाएको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*