काठमाण्डौंबाट हेटौंडा आउँदै गरेको बोलेरो दुर्घटना हुदा चालक गम्भीर घाईते
हेटौंडा । हेटौंडा काठमाण्डौ जोड्ने छोटो दुरीको राजमार्ग अन्तर्गत इन्द्रसरोबरमा एक बोलेरो दुर्घटना भएको छ ।
मंगलबार बिहान काठमाण्डौबाट हेटौंडा आउँदै गरेको प्र.०३-०१-२४ च ६१८५ नम्बर को बोलेरो इन्द्रसरोबर २ हेभीमा आफै अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ ।
दुर्घटनामा बोलेरोको चालक सिन्धुपाल्चोक घर भएका विजय तामाङ गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । तामाङलाई थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौ पठाईएको जिल्ला प्रहरी कार्यलय मकावानपुरले जनाएको छ ।
























