२०७९ सालको सार्वजनिक बिदाको सूचि सार्वजनिक

काठमाडौं । सरकारले आगामी वर्ष २०७९ को सबै सार्वजनिक बिदाको सूचि सार्वजनिक गरेको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै २०७९ सालमा वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयबारेको विवरण सार्वजनिक गरेको हो ।

वि.सं. २०७९ मा ५२ दिन शनिबार र ४३ दिन अन्य बिदा गरि ९५ दिन सार्वजनिक बिदा हुनेछ ।

दसैं बिदा असोज १६ गते फूलपातीदेखि २१ गते द्वादशीसम्म ६ दिन हुने भएको छ भने तिहार बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म ५ दिन हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*