वर्तमान सरकारले इगो राखेर एकैपटक ४०० कर्मचारीको अव्यवस्थित सरुवा गर्‍यो – अष्टलक्ष्मी शाक्य

मकवानपुर । बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले वर्तमान सरकारले आफू खुशी कर्मचारी सरुवा गरेको आरोप लगाएकी छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा बोल्दै उनले उक्त आरोप लगाएकी हुन् ।

सरकारले कर्मचारीहरुमा प्रतिशोध राखेर विभेदपूर्ण ढंगबाट एकै पटक ४०० जना कर्मचारीहरुको अव्यवस्थित रुपमा सरुवा गरेको बताइन् । उनले आफ्ना मान्छेहरूलाई पायक पर्ने गरी सरकारले कर्मचारी चलाएकाले प्रदेशमा थप समस्या निम्तिएको बताइन् । सरकारको यस्तो कार्यले बेथिति सृजना गर्ने भएकाले तत्काल ती योजनाहरु रोक्न आग्रह गरिन् ।

‘कर्मचारीको सरुवा विधिअनुसार गर्नुपर्छ । न कि सरकारको इच्छाअनुसार । वर्तमान सरकारले इगो राखेर एकपटक ४०० कर्मचारीको अव्यवस्थित सरुवा गरेको छ । म यो नहोस् भन्ने पक्षमा छु । कर्मचारीलाई दवाव दिएर हुँदैन’ उनले भनिन् ।

त्यस्तै सरकारले एकैपटक १३ जिल्लाको अस्पतालका अध्यक्षलाई राजनीतिक प्रतिशोधका कारण हटाउने काम गरेको बताइन् । उनले सरकारको यस्तो कार्य अलोकतान्त्रिक भएको बताइन् । सरकारले गरेको काम सहि भएको भए अदालतले पूनर्वहाली किन गर्थ्यो र रु उनले प्रश्न गरिन् ।

त्यस्तै उनले विगतको सरकारले ल्याएको गौरवको योजनाहरुको बजेट कटौती नगर्न पनि आग्रह गरिन् । प्रतिपक्षले ल्याएका ती योजनाहरुमा केही भिजन, योजना रहेकाले तत्काल त्यसको पैसा नचलाउन उनले भनिन् । ‘प्रतिपक्षसँग सल्लाह नगरी सुरुङ मार्ग लगायत अन्य योजनाको पैसा चलाउने काम नगर्नुहोला । हाम्रो पनि कही योजना छ त्यसका विषयमा सल्लाह गर्नुपर्छ । त्यस्तो काम नगर्नुहोला’ उनले भनिन् ।

उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वायत्त संस्था भएकाले त्यसतर्फ पनि सरकारले गलत ढंगबाट हस्तक्षेप बढाएको उनले बताइन् । उनले स्वायत्त संस्थाको आफ्नै विधि हुने भएकाले त्यसको सञ्चालनमा दबाब नदिन पनि सरकारलाई आग्रह गरिन् ।

‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वायत्त संस्था हो । त्यसको आफैं विधि छ । त्यहाँ आफ्नो मान्छे राख्नका लागि सरकारको हस्तक्षेप हुनु गलत हो । सरकारले अहिले भएका सञ्चालकहरुलाई राजीनामा दे भनेर दवाव दिनुहुन्‍न । सरकारले मनन् गर्नुपर्छ यो कति लोकतान्त्रिक भयो त रु सरकारले यस्तो काम गरेर हुन्छ । कामको मूल्याङ्कन नै नगरी कसरी उहाँहरु असक्षम हुनुभयो र सरकारले राजीनामा दे भनेर दवाव दिइरहेको छ’ उनले भनिन् ।

उनले बढ्दो महँगी नियन्त्रणमा सरकारको ध्यान जानुपर्ने बताइन् । हाल एउटा गरिबले किनेर खान नसक्ने अवस्था आइसकेकाले सरकारले अरु केही गर्न नसकेपनि त्यसको असर न्यूनीकरणमा पहल गर्नुपर्ने उनले बताइन् ।रातोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*