एमाले संसदीय दलको बैठक आह्वान

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले ससंदीय दलको बैठक आह्वान गरेको छ।

संसद अधिवेशन अन्त्य गरिएको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो।

बैठक संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने एमाले संसदीय दलको कार्यालयले जनाएको छ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य भएको जनाएकी थिइन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*