कृषिगणनाका लागी हेटौंडामा प्रदेश कृषिगणना कार्यालय स्थापना
हेटौंडा । नेपाल सरकार राष्ट्रिय कृषिगणना–२०७८ का लागी बागमती प्रदेशले प्रदेश कृषिगणना कार्यालयको स्थापना गरेको छ ।
प्रदेश राजधानी हेटौेंडा–११ स्थित थानाभर्याङमा मंगलबार कार्यालय स्थापना गरिएको हो ।
कार्यालयले कृषि संरचना, कृषि गतिविधि तथा कृषि उत्पादन सम्बन्धी विवरण संकलन गरिने प्रदेश कृषिगणना अधिकृत राजेश दाशले जानकारी दिए ।
७ औँ राष्ट्रिय कृषिगणना २०७८ को तथ्याङ संकलन आगामी बैशाख ६ देखि जेठ १९ सम्म सञ्चालन हुने दासले बताए । कृषिगणनामा सुचिकरण, मुख्य प्रश्नवली र सामुदायीक प्रश्नावली गरि गणना गरिने छ ।
राष्ट्रिय कृषिगणना देशभर सञ्चालन हुने एक बृहत् एवं महत्वपूर्ण कार्य भएकाले यस कृषिगणना २०७८ मा ६ हजार जना गणक, १ हजार ५ सय जना सुपरिवेक्षक, ७ जना प्रदेश कृषिगणना अधिकृत, ७० जना जिल्ला कृषिगणना अधिकृत, ७७ जना सहायक कृषिगणना अधिकृत एवं अन्य कर्मचारीहरुसमेत गरी करिव ८ हजार जना कार्मचारीहरु प्रत्यक्ष रुपमा संलग्न हुने उनले बताए ।
मकवानपुरमा १ सय ८५ कृषिगणक क्षेत्रमा ९८ जना सुपरिवेक्षकहरु रहने उनले बताए ।
























